कर्मचारी क्रिकेट कपको उपाधी कोटहीमाईलाई

हृदयराम गुप्ता 121+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

मर्चवार १७ फागुन/रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय कर्मचारी क्रिकेट कप २०८० को उपाधी कोटहीमाईले हात पारेको छ । आज भएको फाइन क्रिकेट प्रतियोगितामा कोटहीमाई गाउँपालिकाले ६ बिकेटबाट बिजयी भएको खेल संयोजक मुकेश कुँवरले जानकारी दिएका छन् ।

बिहिवार भएको ओमसतिया गाउँपालिका र कोटहीमाई गाउँपालिका बिच अन्ति प्रतियोगितामा कोटहीमाई गाउँपालिकाले टाँस जितेर फिल्डिङ्ग रोजेको थियो । ओमसतिया गाउँपलिकाले पहिलो ब्याटिङ्ग गरी १६ ओभरमा ६ बिकेट गुमाई १ सय ५ रन बनाई कोटहीमाई गाउँपालिकालाई १०६ रनको लक्ष्य दिएको थियो । ओमसतिया गाउँपालिकाबाट शुरुवाती ब्याटिङ्ग गर्न गएका बिरेन्द्र पासी र अमरजीत कोहारले क्रमसः २८ र २३ रन बनाएका खेल संयोजक कुँवरले जानकारी दिएका छन् । 

यसैगरी कोटहीमाई गाउँपालिकाले उक्त लक्ष्यलाई पुरा गर्न १३ ओभर ५ बलमा ४ बिकेट गुमाएर ६ बिकेटले जीत हासिल गरेको खेल संयोजक कुँवरले बताए । बिजयी भएका कोटहीमाई गाउँपालिकाको तर्फ धर्मराज यादवले उक्त प्रतियोगिताको मैन अफ द मैचबाट सम्मानित भएका थिए । 

बिजयी भएको कोटहीमाई गाउँपालाई सम्मान समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई, शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल लगायतका अतिथिहरुले प्रथम पुरस्कार ५५ हजार ५ सय ५५को चेक सहित प्रथम कप हस्तान्तरण गरेका थिए । 

यसैगरी उपबिजेता भएको ओमसतिया गाउँपालिकालाई ३३ हजार ३ सय ३३ रुपैयाको चेक सहित द्वितीय कप हस्तान्तरण गरेका थिए । तृतीय स्थान ल्याउन सफल भएको देवदह नगरपालिकलाई १५ हजार ५ सय ५५ रूपैयाको चेक सहित तृतीय कप हस्तान्तरण गरेका थिए । 

सम्पन्न यस कपको बेस्ट बालर अवार्डबाट ओमसतिया गाउँपालिकको कप्तान मनोज यादव सम्मनित भएका थिए । यसैगरी बेस्ट बैटमैनको अवार्ड कोटहीमाई गाउँपालिकाको कप्तान कृष्ण यादव र मैन अफ द सिरीज अवार्ड कोटहीमाईका खेलाडी रिजवान खाँनले पाएका खेल संयोजक कुँवारले जानकारी दिएका छन् ।

रुपन्देहीको १६ स्थानीय तहहरु सहभागी भएको उक्त प्रतियोगितामा ४ स्थानीय तहको सामना गरी प्रथम भएको हो । पहिलो खेलमा सियारी गाउँपालिकालाई हराएर दोस्रो खेलमा पुगेको थियो । दोस्रो राउण्डमा रोहिणी गाउँपालिका र तेस्रो राउण्डमा मर्चवारी गाउँपालिकालाई हराउदै फाइनलमा पुगेको कोटहीमाई गाउँपालिका खेलाडीका कप्तान कृष्ण यादवले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार