मर्चवार ४ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकाले राष्ट्रिय गानबाट कार्यालयको काम सुरु गरेको छ । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्प्रति भाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गरिएको हो। कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए।कार्यालयमा राष्ट्र गान सुरु भएपछि गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय सहित अन्य कर्मचारी र सेवाग्राही राष्ट्र गानमा सहभागी भएर मात्र आ(आफ्नो कार्यकक्षतर्फ जाने गर्दछन्।ुराष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्यमिता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्याउने विश्वास लिएका छौँ, गाउँपालिका अध्यक्ष बरईले भने।
मर्चवारीमा कार्यालय शुरु अघि राष्ट्रिय गान
४ भाद्र २०८१, मङ्गलबार
२वर्ष भइसक्यो मर्चवारी ५मा ट्रान्सफरमर जडान गर्ने नसकिने अधयाँच अब राष्ट्रिय गान् ले विकास गर्ने।