रोहिणी गाउँपालिकाले भूकम्पप्रभावितलाई चारलाखको राहत सामग्री पठाउने

हृदयराम गुप्ता 121+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

मर्चवार न्युज

भैरहवा, १९ कार्तिक /रुपन्देहीको रोहिणी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।

आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापन कोषबाट ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति प्रमुख कल्पना खनालले बताइन् । 

त्यस्तै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले एक महिनाको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । भूकम्पपीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा आफूले पाउने एक महिनाको तलब दिने अध्यक्ष यादवले बताए । भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने उनले जानकारी दिए ।

भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गरेका छन् । उनले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार