बैष्णोमाताको स्वावलम्बाको अध्यक्षमा बाकेलाल मुराव

मर्चवार न्यूज 152+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

मर्चवार । श्री बैष्णोमाता स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति चयन गरिएको छ । शनीबार सम्पन्न संस्थाको २३औँ वार्षिक साधारण सभाबाट बाकेलाल मुरावको अध्यक्षतामा नयाँ कार्यसमिति चायन गरिएको संस्थाको निर्वाचन समितिका संयोजक जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले बताए ।

यसैगरी संस्थाको उपाध्यक्षमा शान्ती चमार, सचिवमा श्यामनरायण केवट, कोषाध्यक्षमा रामचन्द्र केवट रहेको पंगेनीले जानकारी दिएका छन् । सदस्यमा श्रीकान्ती पासी, सरस्वती कहाँर, राजु मुराव, रामचन्द्र गडेरिया र ढुनमुन मौर्य रहेका निर्वाचन संयोजक पंगेनीले जानकारी दिएका छन् ।

संस्थाको लेखा सुपरिवेक्षण समितिको लेखा संयोजकमा रामबृक्ष केवट र सदस्यमा हरिराम ढाडी तथा मधुरी यादव रहेकी निर्वाचन समितिका संयोजक पंगेनीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार