बेपत्ता भएका कमलेशको शव भारतीय सुरक्षाकर्मीद्वारा फेला

हृदयराम गुप्ता 121+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

मर्चवार ५ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. २ र भारतको सीमा डन्डा खोलामा हिजो बेपत्ता भएका मर्चवारी २ पुर्व सेमराका कमलेश कुमार हरिजनको शव फेला परेको छ । हिजो साँझ करीब ४ बजे नदी तर्ने क्रममा डुबेका उनको शव आज २४ घण्टा पछि बगीरहेको अवस्थामा करीब ४ बजे फेला परेको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । 


हिजो बेपत्ता पछि नेपाल प्रहरी, सशस्त्र प्ररही बल र भारतीय सीमा सुरक्षा बलले खोजतलास जारी राखेको थियो । आज खोजतालसको क्रममा शव बगीरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बलको खोजतलास टोलीले फेला परी आफुसंग रेखेको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले जानकारी दिएका छन् । उनले भने ‘दुबै पक्षको सहमति पछि शवलाई नेपाल ल्याई कानुनी प्रकृया पछि उनको परिवारलाई जिम्मा लगाइने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार