श्री कृषक आदर्श माविको विद्यालयमा सुधारका नयाँ योजना

मर्चवार न्यूज 367+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ स्थित श्री कृषक आदर्श माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१÷८२ को वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । विद्यालयलाई समुदायप्रति थप पारदर्शी र जवाफदेही बनाउँदै शैक्षिक गुणस्तर सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

विन्ध्याचल त्रिपाठीको संयोजकत्वमा गठित लेखा परीक्षण विशेषज्ञ समितीका सदस्य शारदा मिश्रले सामाजिक–आर्थिक लेखा परीक्षणको विस्तृत प्रतिवेदन तथा नेत्र प्रसाद ज्ञवालीले विद्यालयको विद्याल शुधार योजना अन्तरगत पञ्चवर्षीय रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक राजेश यादवले विद्यालयका शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापका उपलब्धिबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय एउटा खुला किताब हो, यहाँका हरेक गतिविधिमा समुदायको पहुँच र निगरानी आवश्यक छ ।”


कार्यक्रमका वक्ता सामुदायिक विपत् व्यवस्थापन समिती राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले सामुदायिक विद्यालयको सफलता समुदायको सक्रिय सहभागितामा निर्भर रहने बताउँदै विद्यालयले गरेको प्रयासको प्रशंसा गर्नुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका संस्थापक सदस्य रामविकास चौधरीले गुणस्तरीय नतिजाका लागि विद्यालय र समुदायबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिनुभयो ।

खुला छलफलका क्रममा सहभागी विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूले विद्यालयमा शिक्षकका समस्या समाधान गर्न, पुस्तकालयमा पुस्तकको प्रबन्ध मिलाउन, खानेपानी तथा सरसफाइ व्यवस्थापन र खेलकुद सामग्रीको उपलब्धता बढाउन सुझाव दिएका थिए । 

उठेका जिज्ञासा र सुझावहरूको जवाफ दिँदै विद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले प्राप्त रचनात्मक सल्लाहलाई विद्यालयको आगामी कार्ययोजनामा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी शैक्षिक सत्रमा हामी सूचना प्रविधिमा आधारित शिक्षण (डिजिटल लर्निङ) लाई प्राथमिकता दिने र पुस्तकालयलाई थप व्यवस्थित बनाउनुका साथै प्राविधिक शिक्षा संचालनको योजनामा छौँ ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रमेस यादवले सम्पूर्ण उपस्थितीलाइ धन्यवाद दिदै आगामी कार्ययोजना कार्यान्वयनका लागाी जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय हामी सबैको साझा हो । यसको उन्नति र प्रगतिमा हामी सबैको बराबर दायित्व छ । त्यसैले, यहाँहरू सबैलाई आफ्ना बालबालिकाको पढाइमा ध्यान दिन, विद्यालयका गतिविधिमा सक्रिय सहभागी हुन र निरन्तर रचनात्मक सुझाव दिनु हुन विनम्र अनुरोध छ ।”

सामाजिक लेखा परिक्षण कार्यक्रमका अध्यक्ष एवम् शिक्षक–अभिभावक संघका अध्यक्ष कमरूद्दीन खाँले समापन मन्तव्य राख्दै विद्यालयको समुचित विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै विद्यालयलाई विद्यार्थीमैत्री र गुणस्तरयुक्त शैक्षिक बिकास केन्द्रको रूपमा स्थापितगर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार