मर्चवारमा किसानको तीन लाख मूल्य बराबरको तरकारी र फलफूल नष्ट

हृदयराम गुप्ता 121+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

मर्चवार ३२ साउन/रुपन्देहीको कोटहीमाई गाउँपालिका ४ बैरघाटका किसान रमेश चौधरीको तीन लाख रुपैयाँ मूल्य बराबरको तरकारी र फलफूल नष्ट भएको छ । बिहीवार राति अज्ञात व्यक्तिले चौधरीको खेती गरिएको बालीलाई जरा काटेर नष्ट गरेका हुन् ।

चौधरीले स्थानीय आशोक सिंहबाट वर्षेनी नगद तथा जिन्सी गरी २ लाख २० हजार रुपैयाँमा पोखरीसहितको दुई बिघा ११ कठ्ठा कृषियोग्य जग्गा लीजमा लिई मछापालन र तरकारी खेती गर्दै आएका थिए ।

बिहीवार राति अज्ञात व्यक्तिले कुरिलो, काक्रा, खेखसी र पपिता लगायतका ५२ वटा तरकारी र फलफूलहरूको जरा काटेर नष्ट गरेका छन् । चौधरीले बिहीवार साँझ घर फर्कदा सबै तरकारी र फलफूल ठिक अवस्थामा रहेको बताए । बिहान उठ्दा भने सबै बाली काटेर फालिएको अवस्थामा देखे । उनले भने, ‘मैले कसैको केही बिगारेको थाहा छैन, म केवल आफ्नो खेतीमा व्यस्त थिएँ । मेरो महिनौँको मेहनत एक रातमै सखाप भएको छ।’

ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले यस घटनाबारे जानकारी दिँदै भने, ‘ प्रारम्भिक छानबिनमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । बाली नष्ट गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याई कारवाही गरिनेछ ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै