शेर बहादुर मेमोरियल क्रीकेट प्रतियोगिता: मनकामना र लुम्बिनी शिक्षा निकेतन विजयी

हृदयराम गुप्ता 121+ समाचार ( )
१७ मंगशिर २०८०, आइतबार

भैरहवा । भैरहवामा जारी स्वर्गीय शेर बहादुर सेन्चुरी स्मृति अन्तर बिद्यालय क्रीकेट प्रतियोगिताको दोश्रो दिनको खेलमा मनकामना इङलिस बोर्डिङ हाइ स्कुल र लुम्बिनी शिक्षा निकेतन विजयी भएका छन् । 

मनकामनाले नेपाल नालन्दा स्कुललाई ३ विकेटले र लुम्बिनी शिक्षा निकेतनले काशी नोबेल एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नालान्दाले १४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै ९८ रनमा समेटिएको थियो । उसका लागि समिर अलिले ३९, सारिक अलिले १३ र साहिल हरिजनले १० रन बनाए । बलिङ तर्फ मनकामनाका प्रमोद धोबी र अजय गुप्ताले समान ३/३ विकेट,  अनुराग चौधरीले २ विकेट लिए । 

९९ रनको लक्ष्य सहित मैदान छिरेको मनकामनाले १७ दशमलव १ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य भेट्टायो । मनकामनाका लागि राहुल क्षेत्रीले २८ रन, प्रमोद धोबीले २५ रन बनाए । बलिङ तर्फ समिर अलि र सम्राट खातीले क्रमशः ३ र २ बिकेट लिए । मनकामनाका प्रमोद धोबी म्यान अफ द म्याच घोषित भए । 

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको काशी नोबलले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६ रन बनायो । उसका लागि सन्दीप रोक्काले ४९ रन र सोनाम लामाले २१ रन बनाए । बलिङमा लुम्बिनीका सबिर आलमले ४, अब्दुल हबिब र राज रजौअल हकले समान २/२ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतन १९ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै १ सय १८ रन बनाउदै विजयी भयो । उसका लागि अब्दुल हबिबले अबिजित २९ रन रजौअल हकले अबिजित २८ रन बनाए ।अलिउद्दिन खानले २५ र सन्दिप लोधले १८  रन बनाए । बलिङमा काशीका सौगात लिम्बुले १ विकेट लिए । लुम्बिनीका सबिर लामा म्यानाफ द म्याच घोषित भए । 

मंसिर २३ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयको सहभागिता रहेकाे संघका सचिव संजय गुरुङले बताए । प्रतियोगिताको विजेतालाई रु. ५० हजार, उपविजेतालाई रु. २५ हजारसहित साथै ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याटरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र र बेष्ट बलरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक विजयसिंह ज्ञवालीले जनाए । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच हुनेलाई रु. १ हजारसहित शिल्ड र प्रमाणपत्र र बेष्ट अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने ज्ञवालीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार