देवघाटमा दुई दिने उद्घोषण तालिम सम्पन्न!

Marchuwar News 1+ समाचार ( )
मगरात खबर डटकम
६ फाल्गुन २०७८, शुक्रबार



देवघाट:६ फागुन,
देवघाट गाउँपालिकामा  दुई दिने उद्घोषण कला तालीम आज बीच सम्पन्न भएको छ । देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापाले प्रमुख अतिथित्यता सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै   अध्यक्ष थापाले गाँउपालिका भित्रका महिला दिदिबहिनीहरुमा सकारात्मक सोचको विकास हुनुका साथै यसले गाउँपालिकाको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छ्न ।महिलाहरुको क्षेमता बिकासको निम्ति आफुले हरेक संघ संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने समेत प्रतिबद्धता समेत अध्यक्ष थापाले गरे ।

दुई दिने तालीममा सिनर्जी एफ एम चितवनका स्टेशन म्यानेजर एवं प्रशिक्षक रामकन्त पौडेलले औपचारिक कार्यक्रम र अनौपचारिक कार्यक्रम कसरी सुरु गर्ने  र  नेतृत्व र व्यक्तित्व विकासमा कसरी अग्रसरता जनाउने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । साथै प्रशिक्षक पौडेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीलाई आग्रह गरे ।

 तालिमका सहभागी महिला दिदिबहिनीहरुले महिलाहरुलाई घोषण तथा  नेतृत्व/व्यक्तित्व विकासका लागि तालिम महत्वपूर्ण रहेको बताए । साथै उनीहरुले सबै महिलाहरुलाई घोषण एवं नेतृत्व र व्यक्तित्व विकास सम्वन्धी तालिम दिनु आवश्यक रहेको बताएका थिए ।

सो कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं  वडा नं ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ , नि.प्रमुख प्रशासकीय अधिकृत उमनाथ ढकाल, गाउँपालिका कार्यपालिका सदस्य यममायाँ गुरुङ, शाखा  अधिकृत कृष्णरा पन्त शिक्षा शाखाका शुभद्रा भट्टराई,कृषि शाखाका विपना सुवेदी र प्रविधिक इन्जिनियर शाखाका बिनिता पुनमगर लगाएतको उपस्थिति रहेको थियो भने देवघाट महिला सञ्जालका अध्यक्ष सावित्री न्यौपानेको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार