मर्चवार न्युज
मर्चवार १५ मंसिर / रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ७ मा रहेको श्री बगौली माध्यमिक विद्यालय बगौलीमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। पठनपाठन नभएको भन्दै विद्यार्थीहरू तालाबन्दी गरेका हुन्।
विद्यालयको दुईवटा कार्यालय र मुलगेटमा तलाबन्दी गरी आज विहानैदिखि पठनपाठन ठप्प गरेका छन्। ' हाम्रो एसईई परीक्षा नजदीकिदै अवस्था छ तर पढाई राम्रोसंग भएको छैन ' कक्षा १० का एक विद्यार्थीहरूले भने। विद्यार्थीहरूले तालाबन्दी गरी मर्चवारी गाउँपालिकाको कार्यालय पुगेका छन्। २ वटा कार्यालयमा ढोकामा लगाउने ताला र मुल गेटमा साइकिलमा लगाउने ताला लगाइएको छ।
घटना लगत्तै विद्यालयमा पुगेका मर्चवारी ७ का वडाध्यक्ष गणेश चौधरीले तालाबन्दी हटाई अध्यापन कार्य सुरू गराऊन प्रयासरत रहेको बताए। फिल्डमा घुमिरहेको विद्यार्थीहरूलाई कक्षा कोठा ब्यवस्थापन गरी शिक्षकहरूलाई कक्षाकोठामा पठाई अध्यापन कार्य सुरू गराईरहेको बताए। तालाबन्दी गरेका विद्यार्थी र विद्यालय विच छलफल गराई समस्या समाधान गर्ने वडाध्यक्ष चौधरीले जानकारी गराए।
विद्यालयकोमा शिक्षकको अभावलाई पुर्ती गर्ने प्रयासरत रहेको विद्यालयको प्रधानाध्यापक चन्द्रमणि चौधरीले बताए। उक्त विद्यालयमा करीब १५ सय विद्यार्थी रहेको उक्त विद्यालयमा १६ शिक्षक मात्र रहको प्र. अ चौधरीले बताए। उनले भने 'म विद्यार्थीहरूको भविष्य प्रति सम्वेदनशील छु। समस्या उत्पन्न भए छलफल गरौ समस्या समाधान गर्न सबैले हाथेमालो गरौं तलाबन्दी नै समस्याको समाधान हैन ' । यस विषयमा राजनीति गरी विद्यार्थीहरूलाई उस्काएर तलाबन्दी गराइएको प्र.अ . चौधरीले बताए।