मर्चवार लिफ्ट सिंचाइको निर्वाचनः उपाध्यक्ष निर्विरोध, ३ पदका लागि मतदान हुने

मर्चवार न्यूज 367+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

मर्चवार । रूपन्देहीको मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्था मूल समितीको निर्वाचनमा उपाध्यक्ष पद निर्विरोध भएको छ भने तीन पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।

संस्थाको मूलसमिति चयन प्रक्रिया अन्तर्गत बरिष्ठ उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सादेबी गुप्ताको एकल उम्मेदवारी परेकाले उक्त पद स्वतः निर्विरोध घोषित भएको हो ।

निर्बाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागी भने प्रतिस्पर्धा हुने भएको निर्बाचन समितीले जनाएको छ । आइतबार दिउँसो ३ देखी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सिमा तोकिएको छ ।

संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष नजीर अहमद खाँ, फिरोज अहमद खाँन र राजेन्द्र प्रसाद यादवले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी र अब्दुल सलाम मुसलमान तथा कोषाध्यक्ष पदमा जनार्दन यादव र प्रभु प्रसाद यादवले उम्मेद्वारी दिनु भएको छ ।

आगामी चारवर्षे कार्यकालको लागि आउने २३ गते शनिबार मतदान हुँदैछ । यस अघि एउटा मात्र उपाध्यक्ष हुने मूलसमितीको संशोधित बिधान अनुसार यस पटक महिला उपाध्यक्ष पद थपिएको छ । निर्वाचन समितिका अनुसार, अध्यक्ष, सचिव, र कोषाध्यक्ष पदमा उम्मेदवारी परेकाहरूबीच प्रतिष्पर्धा हुने देखिएको छ । यसका लागि उम्मेदवारहरूले आफ्नो प्रचार‐प्रसारलाई तीव्र बनाउनुभएको छ ।

किसानहरूको हक‐हितका लागि मर्चवार लिफ्ट सिंचाइ महत्वपूर्ण मानिन्छ । निर्वाचनले संस्था सञ्चालनमा नेतृत्व चयन गर्ने भएकाले उपभोक्ताहरूको चासो बढेको निर्बाचन समितीका संयोजक एवम् जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीका इन्जीनियर बिबेक शाहले बताउनुभयो ।

मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्थाको बिधान अनुसार, निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्बाचन समिती संयोजक शाहले भन्नुभयो, “निर्बाचनमा कुल १ सय ३१ ब्लाकका अध्यक्षले मतदान प्रकृयाबाट संस्थाको पदाधिकारी छान्ने छन । उम्मेदवारहरूबीच सौहार्दपूर्ण प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार