लुम्बिनीमा स्थानीय र प्रहरी बिच झडप

मर्चवार न्यूज 367+ समाचार ( )
८ पौष २०८१, सोमबार

लुम्बिनी । बिभिन्न माग सहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरी बिच झडप भएको छ । प्रहरीले बिरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरुमाथी बल प्रयोग गर्दा दोहोरो झडप भएको हो ।

लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोष बिच यसअघि भएको १२ बुँदे सम्झौता कार्यन्वयन नभएको भन्दै स्थानीयले कोषको केन्द्रिय कार्यालय लुम्बिनीमा प्रदर्शन गरिरहदा प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।

मायादेबी मन्दिर भित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेश बिपरीत लगाइएको मायादेबी मन्दिर प्रबेस शुल्क खारेज गर्नुपर्ने, उत्खननकाबेला प्राप्त मूर्ति र अस्तुधातु लगायतका सामाग्री खोजीगरी लुम्बिनीमै पुर्नस्थापित गर्नुपर्ने लगायतका माग सहित बिरोध प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले धक्कामुक्की र लाठी समेत प्रहार गर्दै कार्यालय हाता बहिर निकालेको थियो । प्रदर्शकारी महिलाहरुलाइ चोटपटक लागेपछि आक्रोसित स्थानीयले ढुंगामुढा समेत गरेका थिए । 


लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले कार्यालय घेराउ गर्न आएका महिलाहरुमाथि प्रहरीले दमन गरेको आरोप लगाए । उनले भने ‘सम्झौताहरु कार्यन्वयन किन नभएको भन्दै कार्यालय घेराउ गर्न पुगेको स्थानीयहरुमाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।’ लुम्बिनी विकास कोषले सम्झौता कार्यन्वयन नगरे अब कडा अन्दोलनमा उत्रिनेछ, उनले भने । मायादेवी मन्दिरमा पुजा गर्ने परम्परालाई बन्देज लगाई लुम्बिनी विकास कोषमा जग्गा दान दिएकाहरुलाई अवहेलना गर्दै कर्मचारी भर्ना गरिएको उनले बताए । यसैगरी मायादेवी मन्दिरमा प्रवेशको लागि लगाइएको टिकट शुल्क खारेज गर्न माग रहेको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले प्रहरीले कुनै किसिमको बल प्रयोग नगरेको बताए । कार्यालय भित्र रहेका भीडलाई नियन्त्रण गर्न सबैलाई बाहिर मात्र निकालिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार