मर्चवार १४ चैत/जिल्ला समन्वय समिति रुपन्देहीको मासिक घुम्ती बैठक आज बुधबार कोटहीमाई गाउँपालिकामा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा सम्बन्धित गाउँपालिकाको ब्यवस्थापन हरेक महिना फरक फरक पालिकामा हुने स्थानीय तहहरु बिच बैठक आज विभिन्न प्रस्तावहरु माथि छलफल गरी सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा बैठकका प्रमुख अतिथि उमाकान्त चपाईले प्रस्तुत गरेका प्रस्तावहरु आगलागीबाट हुने विभिन्न किसिमको विपद्का घटनाहरु न्युनिकरण गर्न संयुक्त पहल गर्ने , बजार अनुगमनलाई प्रभावकारी बनाउने, छाडा चौपायाको ब्यवस्थापन बारे संयुक्त रुपले आफ्नो पालिका भित्र लागु गर्ने गराउनेबारे छलफल गरिएको थियो । यसैगरी रुपन्देही जिल्लामा छाडा चौपाया ब्यवस्थापन नै ठुलो चुनौतीको रुपमा देखिएकोले त्यसाई बर्दिया राष्ट्रिय निकुञ्जमा ब्यवस्थापनको लागि समिति निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख चपाईले जानकारी दिएका छन् । यसैगरी गहुँ भित्रयाइसकेपछि बचेको ठुटोमा लगाइने आगोले हुने हानी नोक्सानीबारे आम नागरिकहरुमा जनचेतना फैलाएर त्यस्ता गतिविधि रोकथाम गर्न समेत बैठकमा छलफल भएको उनले बताए । बजार अनुगमनको लागि आफ्नो स्थानीय तह अनुकुल तथा नियम कानुन अधिनमा रही राज्यको सुरक्षाको हिसाबाले निति बनाई बजार अनुगमन समेत प्रभावकारी बनाउन छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख चपाईले जानकारी गराएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नो पालिका भित्र रहेको अन्य सरकारी कार्यालय प्रति पनि अपनत्वता देखाउन आग्रह गरेका थिए । मर्चवार क्षेत्रका करीब डेढ लाख जनसंख्यालाई सेवा दिने ईलाका प्रशासन कार्यालय मर्चवारको भवनको अवस्था जीर्ण भइसकेको छत टुटेर चोटपटक लाग्ने गरेको जानकारी गराउदै मर्चवारको तीनवटै पालिका सहित छिमेकी पालिकाले आउने आर्थिक वर्षमा बजेट बिनियोजन गरी भवन निर्माण गर्न आग्रह गरेका थिए । नेपाल सरकारसंग अहिले त्यती बजेटको उपलब्धता नरहेकोले स्थानीय सरकारले त्यसलाई अपनत्व लिई ब्यस्थित बताउन उनले आग्रह गरेका थिए । स्थानीय तहहरुबाट नागरिकता सम्बन्धित दिइने सिफारिसमा आवश्यक कागजात प्रमाण भए कुनै बहाना नगर्न उनले आग्रह गरे । नेपाली नागरिक भएर पनि स्थानीय तहको सिफारिसको अभावले नागरिकता बिहीन भएको बताउदै सहज रुपले सेवा दिन उनले आग्रह गरेका थिए । आउने बैठकमा हरेक पालिकाले एक एक विषयमा प्रस्तुती गर्नुपर्ने प्रावधान मिलाउन जिल्ला समन्वय समितिका प्रमुख चपाईलाई आग्रह गरेका थिए ।
कोटहीमाई गाउँपालिका अध्यक्ष तथा सम्पन्न उक्त बैठकका अध्यक्ष बालकृष्ण त्रिपाठीले उपमहानगरपालिका, नगरपालिका , गाउँपालिका सहित जिल्ला समन्वय समिति तथा अन्य जिल्ला स्तरीय निकायले एक आपसमा सम्मान तथा सदभावको भावना राखी काम गर्न आग्रह गरेका थिए । पुर्व निर्धारित एजेण्डा सहित अन्य अनुभव साटासाट गरी विकास निर्माण तथा सेवामा एकरुपता आउने बताउदै नियमित मासिक बैठकमा हरेक स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत अनिवार्य रुपले उपस्थित हुने उनले आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, शुद्धोधन गाउँपालिका अध्यक्ष, विष्णु प्रसाद बस्याल लगायत विभिन्न स्थानीय तहका प्रमुखहरुले बैठकमा विभिन्न राय सुझाव सहित जिल्लामा एकरुपता र सहकार्यको भावना सिर्जना गरी विकास निर्माण सहित सहज रुपले सेवा दिनेबारे बोलेको थिए ।