जनमत पार्टीप्रति जनविश्वास बढ्दै गएको छ : भोपेन्द्र यादव

मर्चवार न्यूज 352+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

भैरहवा । जनमत पार्टी रुपन्देहीले शनिबार भैरहवामा परिचय एवं सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले जनमत पार्टीको संगठन सुधार तथा विस्तारलाई महत्वका साथ अगाडी बढाउन निर्देशन दिनुभयो । उहाँले जनमत पार्टीको लोकप्रियता बढ्दै गएको दावी गर्नुभयो । सचिव यादवले पार्टीका गतिविधिलाई नागरिकमैत्री बनाई संगठन विस्तारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । 


कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा जिल्ला इञ्चार्ज रामकेश गुप्ता, केन्द्रीय कार्यकारी सदस्य निर्मला हरिजन, भ्रष्टाचार अनुसन्धान निवारण विभाग प्रमुख संजय कुमार मिश्र, केन्द्रीय सदस्यहरू शम्भु प्रसाद यादव, कृष्ण कोहार, रामदेव यादव, विनोद पासवान, रामअवध गुप्ता, रामु यादव, किरण गुप्ता, अर्जुन प्रसाद जयसवाल लगायतले पार्टीको संगठनात्मक सुदृढीकरण, भ्रष्टाचार निवारण तथा स्थानीय तहमा पार्टीको भूमिका लगायतका विषयमा भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरू, जिल्ला, गाउँपालिका, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू साथै जिल्लाभित्रका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको जनमत पार्टी लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देहीका सूचना समिति अधिकारी (प्रवक्ता) रुपचन यादवले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय सदस्य कृष्ण कोहारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै