कोटहीमाई, मर्चवारी र ओमसतिया बिजयी

महेश गुप्ता 92+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

मर्चवार १३ फागुन÷रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अन्तरपालिका स्तरीय कर्मचारी बिच भइरहेको क्रिकेट प्रतियोगिता अन्तरर्गत आइतबार भएको खेलमा कोटहीमाई, मर्चवारी र ओमसतिया गाउँपालिका बिजयी भएको छन् । आज कोटहीमाई र सियारी गाउँपालिका बिच भएको क्रिकेट प्रतियोगितामा कोटहीमाई गाउँपालिका बिजयी भएको हो ।

कोटहीमाईले पहिलो ब्याटिङ्ग गरेर १४ ओभरमा ३ बिकेट गुमाइ १ सय ५० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई पच्छयाउदै सियारी गाउँपलिकाले १४ ओभरमा ५ बिकेट गुमाएर ८९ रन मात्र बनाएको थियो । यस प्रतियोगितामा बिजयी भएको कोटहीमाई गाउँपालिकाको कृष्ण यादवले ५४ रन बनाई मैन आफ द मैचबाट पुरस्कृत भएका थिए । 


यसैगरी कञ्चन गाउँपालका र मर्चवारी गाउँपालिका बिच भएको क्रिकेट प्रतियोगितामा मर्चवारी गाउँपालिका बिजयी भएको छ । पहिलो ब्याटिङ्ग गरेको कंचन गाउँपालिकाले १४ ओभरमा ७ बिकेट गुमाएर ७४ रनको लक्ष्यको दिएको थियो । उक्त लक्ष्यलाई पच्छयाउदै मर्चवारी गाउँपालिकाले ८ ओभर मै ८ बिकेटले जीत हासिल गरेको थियो । उक्त क्रिकेट प्रतियोगितामा मर्चवारी गाउँपालिकाका आशुतोष त्रिपाठीले मैन आफ द मैचबाट पुरस्कृत भएका थिए । 

यस्तै तिलोत्तमा नगरपालिका र ओमसतिया बिच भएको प्रतिस्पर्धामा ओमसतिया गाउँपालिका बिजयी भएको अयोजकले जनाएको छ । खेलमा तिलोत्तमा नगरपालिकाले पहिलो ब्याटिङ्ग गरी १४ ओभरमा ४ बिकेट गुमाएर १ सय १० रनको लक्ष्य दिएको थियो । तिलोत्तमाले दिएको लक्ष्यलाई पच्छयाउदै ओमसतियाले  १ बिकेट गुमाएर ८ ओभरमा लक्ष्य प्राप्त गरी ९ बिकेटले बिजयी भएको आयोजकले जानकारी दिएको छ । उक्त खेलमा बिजयी भएको ओमसतिया गाउँपालिकको बिरेन्द्र पासीले ५४ रन बनाई मैन आफ द मैचबाट पुस्कृत भएकाथिए । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार