रूपन्देही ३ काे उप–निर्वाचनमा राप्रपाबाट ६ जनाको नाम सिफारिस

मर्चवार न्यूज 382+ समाचार ( )
२९ आश्विन २०८२, आइतबार

भैरहवा, २९ असार । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।

राप्रपा केन्द्रीय सदस्यद्वय वसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष एवं पूर्व नगरप्रमुख सागर प्रताप राणा, जिल्ला प्रवक्ता अधिवक्ता दिलिप कुमार मल्लिक, युवा नेता ई.प्रज्वल बोहरा र क्याप्टेन गौरब बोहराको नाम सिफारिस गरिएको हो । त्यस्तै बैठकले उपनिर्वाचनको तयारी गर्ने समेत निर्णय गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो ।

२०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले २०८२ कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार