५ वर्षमा ४१ लाख पुँजी निर्माण

मर्चवार न्यूज 382+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

मर्चवार । श्री मर्चवारीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५ वर्षमा ४१ लाख ८ हजार १ सय १२ रुपैया कुल पुँजी निर्माण गरेको छ । बुधबार संस्थाको कार्यालय मर्चवारी ४ महदेइयामा सम्पन्न ५औँ वार्षिक सभाको अवसरमा संस्थाका अध्यक्ष सुनिल कुमार गिरीले सो कुरा बताएका हुन् ।

संस्थाबारे जानकारी गराउदै संस्थाका अध्यक्ष गिरीले १ सय ९९ महिला १ सय ४३ पुरुष गरी ३ सय ४२ शेयर सदस्य रहेका उक्त संस्थामा ९ लाख ८२ हजार शेयरपुँजी रहेको बताए । आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाबाट ऋण लिएका ऋणीहरुले समयमा ब्याज नदिदा संस्था ३ लाख ३५ हजार २ सय ५१ रुपैयाको घाटामा गएको अध्यक्ष गिरीले जानकारी दिएका छन् । संस्थाका ८० जना शेयर सदस्यहरुलाई कृषि तथा ब्यपारका लागि २५ लाख ८५ हजार ९ सय ५९ रुपैया ऋण प्रदान गरिएको उनले जानकारी दिएका छन् । 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मर्चवारी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ओम प्रकाश चौधरीले वडा स्तरबाट सहकारीसंग सहकार्य गरी किसानमुखी कार्यक्रम गरेको बताए । मर्चवारी गाउँपालिकामा पहल गरी मर्चवारीमाई महुउद्देश्यीय सहकारी संस्थालाई कम्प्युटर प्रिन्टर लगायत आवश्यक सामाग्री प्रदान गर्ने बताए । नेपालको कानुन परिधीमा रहि सहकारीसंग सहकार्य गरी गर्न सक्ने कार्यक्रमको प्रस्तावन पेश गरे भने किसानको लागि सहकार्य गर्ने उलने बताए । 


कार्यक्रमका विशिष्ट अतिथि श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक अशोक कुमार तिवारीले संस्थामा समय अवधी अनुसार कम पुँजी बनाएको बताए । सहकारीलाई बनाउने र बढाउने शेयर सदस्य नै रहेको तर्क गर्दै शेयर पुँजी र बचत संख्या बढाउन शेयर सदस्यहरुलाई आग्रह गरेका थिए । विशिष्ट अतिथि तिवारीले एक घर एक सहकारी सदस्यको अवधारणा ल्यायी सहकारी तालिम संचालन गर्न स्थानीय सरकारलाई आग्रह गरेका थिए । 

लुम्बिनी प्रदेश सरकारका पुर्व प्रदेश सभा सदस्य सुनिता ठठेरले सहकारीमा महिलाको संख्या बढाउनुपर्ने बताइन् । महिलाहरुले बचत गर्न बानी बसाले महिलाहिंसा समेत कम हुने बताउदै घरमा बस्ने हरेक महिलाहरुले सहकारीमा आबद्ध भई बचत गर्न बानी बसाल्नुपर्ने बताइन् । सहकारीले प्रदान गर्ने विभिन्न तालिममा निरन्तर सहभागी भई सीप लिई स्वरोजगारी हुनुपर्ने बताइन् । 

संस्थाका संस्थापक अध्यक्ष केशरनाथ गिरीले १०० रुपैयाबाट सुरु भएको संस्था ४१ लाख पुगेको खुसी ब्यक्त गरे । स्थापनाकालको चर्चा गर्दै संस्थाको विकासको लागि प्रत्येक सदस्यहरुले सकारात्मक रुपले जुडन उनले आग्रह गरेका थिए । 

संस्थका अध्यक्ष सुनिल कुमार गिरीको अध्यक्षतामा सम्पन्न उक्त सभालाई धर्मराज यादवले संचालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार