नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण

मर्चवार न्यूज 382+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काठमान्डौँ  २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । 

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनुभएका थिए ।

शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा रहनु भएको थियो ।

दर्शकदीर्घाको अघिल्लो पङ्तीमा कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका प्रमुखहरु लगायतका व्यक्ति उपस्थित थिए ।

प्रतिक्रिया