रुपन्देही क्षेत्र नं. ४ मा ३९ प्रतिशत मतदान

मर्चवार न्यूज 382+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

मर्चवार । आज देशभर भइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मतदानहरुको मतदान स्थलमा भीड देखिएको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान जारी रहेको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं. ४ मा दिउँसो २ बजे सम्म ३९ प्रतिशित मतदान भएको छ । निर्वाचन कार्यालयले दिनएको जानकारी अनुसार १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका यस क्षेत्रमा दिउँसो २ बजे सम्म ४५ हजार ५ सय ८६ मतदाताहरुले मतदान गरिसकेका छन् । 

मतदाना गरेका मतदाता मध्ये २२ हजार ८ सय ८२ पुरुष र २२ हजार ७ सय ४ जना महिलाले रहेको निर्वाचन कार्यालय ले जानकारी दिएको छ । अझै मतदाताहरू मतदानका लागि अउने क्रम जारी रहेकाे छ ।

प्रतिक्रिया

Rohit Chaudhary २१ फाल्गुन २०८२, बिहीबार

Ggf