भैरहवा विमानस्थलबाट ९ किलो गाँजासहित महिला पक्राउ

मर्चवार न्यूज 382+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करीब ९ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारत, महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ।

‘सोमबार दिउँसो थाईल्याण्डबाट थाई एयर एशियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करीब ९ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘कसका लागि कहाँ लैजानका लागि ल्याएको हो ? लगायत विषय खुलेको छैन,अनुसन्धान पछि खुल्नेछ ।’

स्रोतका अनुसार बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एशियाको विमान मार्फत ल्याइएको थियो। गाँजासहित पक्राउ परेको महिलालाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार