१ जनाको शव फेला २ जनाको खोजतलास जारी

मर्चवार न्यूज 382+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

मर्चवार । दानव नदीमा वेपत्ता भएको ३ जना मध्ये १ जनाको शव फेला परेको छ । खोजतलासको क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं २ अर्दौलीका १५ वर्षीय राजन यादवको शव फेला परेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

वेपत्ता भएका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ बस्ने १२ वर्षीय मुन्नु हरिजन, सोही वडाका १३ वार्षीय उमेश यादवको अहिले खोजतालास जारी रहेको प्रहरीले जनाएको छ । 

आज सोमबार दिउँसो लुम्बिनी सांस्कृतिक नागरपालिका वडा नं. २ स्थित दानव नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार