मर्चवार १५ भदौ÷रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । बेथरी देखी मर्चवारी गाउँपालिका वडा नं. १ खैरा सम्म निर्माण हुने ४ लेनको सडक बिचमै अलपत्र रहेकोलाई निरन्तरताका लागि आवश्यक बजेटको माग गर्दै उनले शुक्रबार होटेल बुद्ध एशियनमा ज्ञापन पत्र बुझाएका हुन् ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थलमा नियमित उडानको लागि अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै बजेट कै अभावका कारण मर्चवारको मुहार फेर्ने तीन स्थानीय तहलाई जोडने उक्त सडक अलपत्र रहेको अवगत गराएका थिए ।
लुम्बिनी प्रदेश सरकारले निर्माण गरीरहेको उक्त सडकमा यस वर्ष कुनै बजेट नराखेको जानकारी गराउदै केन्द्र सरकारले यस सडक प्रति अपनत्व लिदिन गाउँपालिका अध्यक्ष बरईले अर्थमन्त्री पौडेललाई आग्रह गरेका थिए ।
राम्रो कार्य