प्रचण्डले भूतपूर्व गोरखा सैनिकलाई पार्टी प्रवेश गराउने

Marchuwar News 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँदैछन् ।

उनले भूतपूर्व गोरखा सैनिकहरूको संगठन(गेसो) का केही पदाधिकारी र सदस्यहरूलाई आज पार्टी प्रवेश गराउन लागेका हुन् । पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष प्रचण्डले भूतपूर्व गोरखा सैनिकहरुलाई पार्टीमा प्रवेश गराउने भएका जनाइएको छ ।

माओवादी केन्द्रका अनुसार पार्टी प्रवेश गर्नेहरुमध्ये केही नेताको जिम्मेवारी आजै तोकिनेछ । पार्टी प्रवेश गरेकाहरुले जिम्मेवारी पाएपछि स्थानीय तहको निर्वाचन अभियानमा परिचालित हुने पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार