आर्थिक मन्दी र बढदो भ्रष्टाचारले देश संकटमा छ : सांसद शुक्ल

महेश गुप्ता 92+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

मर्चवार २५ चैत÷रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यले देशमा आर्थिक संकट र बढदो भ्रष्टाचारले देश संकटबाट गुज्रीरहेको बताएका छन् । शनीबार सम्मरीमाई ३ मा आयोजित बृहत स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद शुक्लले सो कुरा बताएका हुन् । 

हाल संचालनमा रहेको अधिकांस योजना पुरा गर्न सरकारसंग पैसा नरहेकोले आगमी दिनमा पनि नयाँ योजना बन्ने सम्भावना नदेखिएको उनले बताए । सम्मरीमाई ५ चक्कीयामा ४० करोडको लागतमा निर्माण हुने पुल स्वीकृत भइसकेको तर पैसा कै अभावले त्यसको टेन्डर हुननसकेको उनले बताए । देशलाई ठुलो आर्थिक लाभ दिने योजनाहरु पनि पैसाकै अभावले ठप्प रहेको उनले बताए । देशमा बढदो भ्रष्टाचार न्युन गर्न ३ ठुला दलका शिर्ष नेता भ्रष्टाचार बिरुद्धमा प्रतिबद्धता नगरुन्जेल सम्म सम्भव नरहेको बताए । उनले भने ‘जब जब कुनै भ्रष्टाचारबारे छानबिन हुँदा आफ्नो मान्छे पर्ने बित्तिकै शिर्ष नेताहरुले बचाउनमा लगिपरेको हुन्छन् । भ्रष्टाचार बिरुद्ध बोलीले धेरै पटक लगेको देखियो तर सबै एकबद्ध भई निस्पक्ष भएर काम नगरुन्जले सम्म भ्रष्टाचार रुक्ने छैन र जस सम्म भ्रष्टाचार न्युन हुदैन तब सम्म न देशको आर्थिक समृद्ध बढछ न ब्यरोजगारी जन्छ ।’ 

हरेक वर्ष करीब ७ लाख युजा बिदेशिुनु देशको लागि संकट कै संकेत रहेको बताए । हरेक वर्ष २ लाख रोजगारी ग्यारेन्टी भइदियो भने देश विकास तर्फ आफै लम्किने सांसद शुक्लले बताए । 

मर्चवारमा तत्कालिन राहतको लागि स्वास्थ्य शिविर बरदान स्वरुप हुने गरेको तर दीर्घकालीन राहतको लागि गुणस्तरीय अस्पताल हुनु अति जरुरी रहेको बताए । आफ्नो पहलमा शिविरको आयोजना गरेको लायन्स क्लबलाई धन्यवाद दिदै आफुले लायन्स क्लबको सहकार्यम मर्चवार क्षेत्रमा आँखा अस्पताल सिर्घ संचालन गराउने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कन्हैय बनियाले स्वास्थ्य अवस्था राम्रो राख्न धुलोमुक्त मर्चवार हुन अति जरुरी रहेको बताए । ग्रामिण क्षेत्रमा बढदो रोगलाई नियन्त्रणमा हाथेमालो गर्न गरिएको शिविर अयोजक संस्थालाई धन्याद दिदै आफु पनि स्वास्थ्य क्षेत्रको लागि सम्बेदनशील रहेको बताए । मर्चवारमा मुख्य सडक धुलो मुक्त बनाउन बेथरी खैरा ४ लेनको सडक छिट्टै निर्माण कार्य सम्पन्न हुने प्रदेश सभा सदस्य बनियाले बताए । यसैगरी मर्चवारको रिङरोड पनि आफ्नै कार्यकालमा निर्माण गराउने भन्दै डिपिआर कार्य शुभारम्भ भइरहेको जानकारी गराएका थिए । 

लायन्स क्लब आफ बुटवलका अध्यक्ष लायन शरनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त  शिविर कार्यक्रमको औपचारिक कार्यक्रममा प्रदेश सभा सदस्य हेमा बेलबासे केसी, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, लायन रोशन कुमार श्रेष्ठ लगायतकाले मनतब्य राखेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार