सिद्धार्थनगरका पूर्व नगर उपप्रमुख रतन गुप्ताको निधन

मर्चवार न्यूज 367+ समाचार ( )
२२ माघ २०८२, बुधवार

भैरहवा, २१ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर उपप्रमुख रतन कुमार गुप्ताको निधन भएको छ । सिद्धार्थनगर नगरपालिका–३ निवासी गुप्ताको बुधबार (आज) बेलुकी ८ बजे ७६ वर्षको उमेरमा निधन भएको हो ।

गुप्ताका छोरा अजय कुमार गुप्ताका अनुसार तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा गुप्ताको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भिर भएपछि उहाँलाई उपचारका लागि दुई साताअघि क्रिमशन अस्पताल पुर्याइएको थियो । उहाँको विगत चार वर्ष अघिदेखि उपचार भइरहेको थियो ।

वि.सं. २०४९ सालमा रतन कुमार गुप्ता उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । वि.संं २०६४ र २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार समेत बन्नुभएको थियो । स्वर्गीय गुप्ता नेपाल ईट्टा व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ सल्लाहकार समेत हुनुहुन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार