बाढी तथा डुबानसम्बन्धी कृत्रिम घटना अभ्यास

मर्चवार न्यूज 367+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

भैरहवा, ९ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित भेलाई (गौरी) मा बाढी तथा डुबानसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । शुक्रबार बिहान यहाँस्थित पोखरीमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक किसन सिंह टेरको कमाण्डमा ३० र नेपाली सेना तारादल गण बुटवलबाट सेनानी जयराम घिसिङ्गको कमाण्डमा २० गरी ५० जनाको संयुक्त टोलीद्वारा अभ्यास गरिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल,स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

मनसुन नजिकिँदै गएकाले बाढी र डुबानबाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न यो कृत्रिम घटना अभ्यास महत्वपूर्ण रहेको स्थानीय पशुपति यादवले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार