मनराजीदेवी माध्यमिक विद्यालयमा श्याम मोहन प्यानल बिजयी

मर्चवार न्यूज 367+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

मर्चवार । श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयमा मर्चवारी ३ रुपन्देहीमा भएको विद्यालय ब्यवस्थापन समितिमा श्याममोहन यादव प्यानल बिजयी भएको छ । शनीबार सम्पन्न निर्वाचनमा अत्यधिक मतान्तरले उनको प्यानल बिजयी भएको हो । 

निर्वाचन अधिकृत अम्मर बहादुर केसीले दिएको जानकारी अनुसार श्याममोहन यादवले ४३१ मत, ढुनमुन केवट ३८३ मत, आरती केवटिन ३८४ मत र पुजा कुमारी मौर्यले ३९२ मत ल्यायी पुरै प्यानल बिजयी भएका हुन् । यसैगरी अन्य प्यानलबाट उम्मेदवारी दिएका राम सुमेर ठाकुर १४३ मत, विश्वम्भर अहिर १६३, संगीता पासी १६३ र सुनिता केवट १५३ मत ल्याएकी निर्वाचन अधिकृत केसीले जानकारी दिएका छन् ।

प्रतिसपर्धामा उत्रेका तेस्रो प्यानलबाट अमिरका कोइरी १८१ मत, अर्जुन प्रसाद कोइरी १८४ मत, सुशीला कुमारी केवट १८१ मत र सरीता धोबी १८२ मत ल्याएकी निर्वाचन अधिकृत केसीले बताए । 

८५७ मत रहेको उक्त विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा ७८६ मत खसेको निर्वाचन अधिकृत केसीले बताए । 

प्रतिक्रिया

Pankaj k m २४ फाल्गुन २०८१, शनिबार

Best of luck

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार