भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ३ मा एक युवकमाथि सामुहिक अक्रमण भएको छ । हरैयाबाट निवास स्थन अहिरनडिहवा फर्कने क्रममा २६ वर्षीय निरन्जन जयसवाल माथि सामुहिक अक्रमण गरी १ लाख नगद समेत लुटेको उनका दाई दिपक जयसवालले बताए ।
हरैयाबाट ब्यवापरको रकम लिएर घर फर्किने क्रममा घर नपुग्दै तत्काल परिचय नखुलेको ३ जना अज्ञात समुहले अक्रमण गरी घाइते बनाइ रकम लुटेको कलवारले जानकारी दिएका छन् । घइते भएका निरन्जन कलवारको मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिएकाछन् ।
इलाका प्रहरी कार्यालय सुर्यपुराका प्रहरी निरीक्षक पुष्पराज रोक्काले उक्त घटनामा रकम लुटिएको कुनै जानकारी नभएको बताए । उक्त घटना जग्गा विवादले दुबै पक्षमा झगडा भएको प्रहरी निरीक्षक रोक्काले जानकारी दिएका छन् ।
Niranjan jaiswal ko news ma ali Kati change xha niranjan jaiswal party ko arrd ma Dada giri gar xha