मुख्य समाचार
दिल्लीको विस्फोटमा १० जनाको मृत्यु | होटल निर्वाणा गेट अगाडि चल्दा एकजना घाइते | मर्चवार क्षेत्रमा बेमौसमी वर्षाले कृषि कार्य ठप्प, किसानको दुःखद अवस्था | भैरहवामा जलपरीको रुपमा प्रदर्शन हुदै | आज छठ पर्व, रुपन्देहीमा २ सय ७७ स्थानमा श्रद्धाभावले पूजाआराधना | रुपन्देहीको मर्चवार र भैरहवामा पनि छठ पूजाको तयारी अन्तिम चरणमा | रुपन्देहीको मर्चवार क्षेत्रमा कडा सुरक्षा व्यवस्थाबीच लक्ष्मी मूर्ति विसर्जन | मुर्ति विसर्जन गर्न गएका तीनजनाको डुबेर मृत्यु | संघीयता राजनीतिक सुन्दरता होइन — संरचनागत न्यायको सुनिश्चितता हो | भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमान |

भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमान

मर्चवार न्यूज 284+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

काठमाडौं । रुपन्देहीको भैरहवामा अलपत्र रहेको यात्रुहरुलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चार्टर विमानमार्फत पठाउने भएको छ । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई आज साँझ ९ बजे आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो ।

नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए ।

विशेषगरी वैदेशिक रोजगारीमा जानुपर्ने र उपचारका सिलसिलामा अलपत्र परेका यात्रुहरूलाई विमान चार्टर गरेर काठमाडौं पठाउन लागेका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले दिएका जानकारी अनुसार १ सय ५८ जना यात्रुलाई विमानमार्फत काठमाडौं पठाइनेछ । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ ।

यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार