मर्चवार न्युज
मर्चवार १९ कार्तिक÷जाजरकोटमा १७ गते शुक्रबार गएको भुकम्पले क्षति पु¥याएको घरपरिवार तथा दुईमोहान नदीमा डुबेर मृत्यु भएको परिवारलाई सहयोग गर्न कोटहीमाई गाउँपालिकाले निर्णय गरेको छ । आईतबार कोटहीमाई गाउँपालिका बिपद् ब्यवस्थापन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतमा बसेको बैठकले सो निर्णय गरेको हो ।
शुक्रबार राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले क्षति पु¥याएको घरपरिवारलाई १० क्विन्टल चामल, २ क्विन्टल आलु, २ क्विन्टल चिउरा, चाउचाउ गरी १ लाख बराबारको राहत सामाग्री जिल्ला बिपद् ब्यवस्थापन समिति रुपन्देही मार्फत सहयोग गर्ने निर्णय गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । यसैगरी पुर्णरुपले क्षति भएको भवनहरु पुनः निर्माणको लागि आउनेदिनमा आवश्यक परे थप ५ लाख सहयोग गर्ने समेत निर्णय भएको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।