आक्रोसमा मर्चवारका युवा, घटना सहयोगीलाई कारवहीको माग

मर्चवार न्यूज 367+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

मर्चवार १७ भदौ । मर्चवारका युवाहरु अहिले आक्रोसमा छन् । आज सोमबार दिनभरी मर्चवारको विभिन्न ठाउँमा नारा जुलुस सहित टायर जलाएका छन् । 

दिउँसो कोटहीमाई गाउँपालिका अगाडी प्रदर्शन पछि अध्यक्ष बालकृष्ण त्रिपाठीलाई ज्ञापन पत्र बुझाएर मर्चवारको विभिन्न ठाउँमा प्रदर्शन गरी मझगावाँ चौक टायर बालेका थिए । 


युथ भिजन क्लब कोटहीमाई ३ का अध्यक्ष हेमन्त यादवले घटनाका सहयोगीहरुलाई पनि कानूनको दायरमा ल्याउन माग गरेको बताए । उनले भने ‘घटनामा प्रत्यक्ष संलग्न कोटहीमाई गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र कोटहीमाई ३ का वडाध्यक्ष विष्णु नारायण पाण्डेयका छोरा बन्टी भन्ने शैलेस पाण्डेयलाई कडा सजाय का साथै उक्त घटनामा सहयोग गर्ने अन्य सहयोगीहरुको छानबिन गरी कानुनी दायरामा ल्यायी कारवाही हुन हाम्रो माग रहेको छ । ’ पिडकका सहयोगीलाई कारवाही नभए कडा अन्दोलन गर्ने उनले बताए । 

आज भएको प्रदर्शनमा घटनाको सहयोगीलाई करवाहीको लागि नारावाजी गरेका थिए । मर्चवारमा भएको उक्त जबरजस्ती करणीको घटनाले मर्चवार सहित देशभरीमा चर्चा भइरहेको छ । समाजिक संजालमा पनि घटनाको निन्दा भइरहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार