भैरहवा, १५ माघ /भारतको देहरादुन स्थित द इण्डियन पब्लिक स्कूल नेपाल दौडाहमा निस्किएको छ । शिक्षा, आवास, स्वास्थ्य, सुरक्षा लगायत हरेक दृष्टिकोणले सुविधा सम्पन्न स्कूलमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भर्ना अभियान अन्र्तगत टोली नेपालमा दौडाहमा निस्किएको हो ।
विधालयले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी भारतिय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सिबीएसई) बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खोलेको जनाएको छ । सन् २००१ मा स्थापना भएको उक्त वोर्डिङ विद्यालय १२८ विघा क्षेत्रफलमा फैलिएको छ ।
‘हामीले गुणस्तरीय शिक्षाका साथै विधार्थीहरुको आवास, सुरक्षाका साथै स्वास्थ्यलाई समेत मध्यनजर गर्दै विधालय संचालन गरिरहेका छौँ’ द इण्डियन पब्लिक स्कूलका सहप्रचार्य चन्द्रशेखर त्यागी भने, ‘जसका लागि विधालयमा क्षेत्रमा गाईफार्म, अर्गानिक तरकारी खेती देखि लिएर चिक्तिसक सहितको अस्पताल सम्मको व्यवस्था रहेको छ ।’
होस्टल, अडिटोरियम हल, विद्यालय र सम्पुर्ण कर्मचारी आवास सहितको व्यवस्था स्कुल परिसरमै रहेको छ । विज्ञान, व्यवस्वस्थापन, मानविकी लगायतको सबै संकायमा अध्यापन गराउदै आएको स्मुलले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दे प्राप्ताङको आधारमा विशेष छुटको व्यवस्था गरेको उनले जानकारी दिए ।
उनले विद्यालयमा आवसीय गुरुकुल शिक्षा प्रणली र आधुनिक शिक्षा प्रणली बीचको समजसय कायम गर्दै शिक्षाा प्रदान गर्ने माध्यम रहेको बताए । गुणस्तरीय र प्रयोगात्मक शिक्षालाई प्रभावकारी रुपमा दिने गरी विगत २७ वर्ष देखि कार्यरत अनुभवी प्राचार्यको नेतृत्वमा देशभरीका विज्ञ स्तरीय शिक्षकहरुद्वरा शिक्षा दिदै आएको उनको भनाई छ ।
नेपाल र भारतको समबन्ध वर्षौ देखि रहेकोले शिक्षामा पनि धेरै समानता रहेको छ । शिक्षाको माध्यमबाट पनि दुर्यदेशको सम्बन्ध अझै प्रगाढ बनाउने उद्देश्यका साथ शान्त र स्वच्छ वातावरणमा पठनपाठन हुने स्कुलका हाउस मास्टर मनोज सिंहले बताए ।
उनका अनुसार नेपालका दर्जनबढी विद्यार्थी हाल विद्यालयमा अध्ययनरत रहेको र धेरै विद्यार्थीहरु त्याहा पढेर नेपाल आई उच्च शिक्षा लिई विभिन्न सेवामा रहेका छन ।
५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । विद्यालय परिसरमा ५ सय जना बस्न मिल्ने ४ वटा होस्टल, भोजनालय, प्रशासनिक र शैक्षिक भवन, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, योगास्थल, नृत्य, संगीत, स्वीमिङ पुल, लगायतका सबै प्रकारको खेलका प्रशिक्षक सहितको व्यवस्थापन गरिएको स्कुलले जनाएको छ ।
शैधान्तिक शिक्षा सँगै अतिरिक्त क्रियकलापमा पनि स्कुलले विशेष जोड दिदै आएको छ । प्रत्येक वर्ष प्रतिस्पर्धात्मक खेलहरु आयोजना गर्दे आएको स्कुलले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा पनि भूमिका खेलेको विधालयले जनाएको छ ।