मर्चवार १४ मंसिर । रुपन्देहीमा गहुँ जोन संचालन समन्व्य समिति पुनरगठन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देही अन्तर्गत सञ्चालन भएको उक्त समिति शुक्रबार भैरहवामा एक कार्यक्रका बिच पुनर गठन भएको हो ।
पुनर गठन उक्त समितिको संयोजकमा कोटहीमाई ५ स्थित श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा प्रसाद कुर्मी चयन भएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देहीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले जानकारी दिएका छन् । यसैगरी उक्त समितिमा ३ महिला सदस्य सहित ९ जना सदस्य समेत छनौट गरिएको कृषि अधिकृत काफ्लेले बताए ।
रुपन्देहीमा गहुँ जोन कार्यक्रम कार्यान्वयन भएका मर्चवार क्षेत्रका कोटहीमाई, समरीमाई र मर्चवारी गाँउपालिकाको विभिन्न वडाहरुमा संचालन रहेको छ । संचालन रहेका वडा भित्रका कृषि सहकारी संस्था तथा कृषक समूहको तर्फबाट प्रतिनिधित हुने गरि हरेक स्थानिय तहबाट ३ जना प्रतिनिधि छनौट भई समिति पूनरगठन गरिएको कार्यक्रमको अध्यक्ष समेत रहेका कृषि अधिकृत काफ्लेले बताए । समितिले जोन क्षेत्र कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण योगदान गर्न सक्ने भएका भन्दै सबै सदस्यहरु एकताबद्ध भएर आधुनिक उन्नत प्रविधिहरु अवलम्बन गर्दै गहुँ जोनमा पूर्ण यान्त्रिकीकरण गर्न आवश्यक सहयोग गर्न कृषि अधिकृत काफ्लेले आग्रह गरेका थिए ।
पुनर गठन कार्यक्रम प्रमुख अतिथि बरिष्ठ कृषि प्रसार अधिकृत अनिल कानु बाँनियाले यस अघिको गहुँ जोन सञ्चालन समन्वय समितिले कार्यालयहरूसँग समन्वय गरी मर्चवार क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए । मर्चवार क्षेत्रमा उत्पादन बढाउन तथा परियोजनालाई प्रभावकारी बनाउन नयाँ समितिले पनि उपलब्धिमुलक कार्य गर्ने विश्वास रहेको बताए । नव गठित समितिलाई शुभकामना दिदै प्रमुख अतिथि बनियाले कार्यक्रमको मापदण्डलाई ख्याल राख्दै कृषकको हितको लागि अझै राम्रो कार्य गर्न आग्रह गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि सुरज पाण्डेले गहुँ जोनले अघिल्लो समिति तथा स्थानिय तहसँग समेत समन्वय गरि गहुँको उत्पादकत्व बृद्धि तथा लागत न्यूनिकरणमा उल्लेखनिय कार्य गरेको बताउदै नयाँ समितिले पनि समन्वय तथा सहकार्य गरि उत्कृष्ट कार्य गर्नकोलागि सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नव गठित समितिका संयोजक कुर्मीले परियोजना तथा कार्यक्रमको लक्ष्य र उद्देश्यलाई सार्थक बनाउन सबै सरोकारवालासँग सहकार्य तथा समन्वय गरी समितिले कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । आफ्नो नेतृत्वमा गठन भएको उक्त समितिले उपलब्धिमुलक कार्य गर्ने उनले बताए ।
गठन कार्यक्रमको अवसरमा नि–वर्तमान समितिका सदस्यहरूले गहुँ जोन सञ्चालनमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै प्रशंसा–पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममाको संचालन गर्दै कृषि अधिकृत सौरज विश्वकर्माले समिति गठनको उद्देश्य तथा भूमिकाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।