मर्चवारी गाउँपालिकाको १४ औ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न

महेश गुप्ता 92+ समाचार ( )
१३ माघ २०८०, शनिबार

सीताराम चौधरी

मर्चवार १३ माघ÷ रुपन्देहीको मर्चवारी गाउँपालिकाको १४ औ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । शानिवार देखि गाउँपालिकाको शभा हलमा सञ्चालन भएको आर्थिक वर्ष २०८० को हिउँदे गाउँ सभा सम्पन्न भएको हो । 

गाउँ सभामा पालिकाको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत भएको गाउँपालिकाका सुचना शाखाले जानकारी दिएको छ । स्वास्थ, शिक्षा, कृषि, जलस्रोत र पुर्वाधार, सुशासन र गरिबी निवारण समृद्ध आधार” भन्ने नाराका साथ सञ्चालन भएको गाउँ सभामा विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिले हाल सम्म भए गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेका निमित्त प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्टराईले बताउनुभयो । उहाँले गाउँ सभामा १५ वटा नयाँ एन २०८० कार्य विधि बनाई प्रस्तुत भएका समेत बताउनुभयो । स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि पनि छलफल भएको छ । सभामा वडा तथा गाउँपालिकाबाट प्रवाहा हुने सम्पुर्ण सेवा सन्तोषजनक भए नभएको बारेमा पनि समिक्षा भएको उहाँले बताउनुभयो । सबै पालिका भित्रका सरकारी कार्यालयमा प्रतिफल आउने गरि कर्मचारीलाई काम गर्न समेत आग्रह गरीएको छ । गाउँपालिकासंग समन्वय गरि गैरसरकारी संस्थाको काम नजिकैबाट निहाल्न समेत सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरीएको छ र गाउँपालिकामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएका कर्मचारी, व्यपारी, शिक्षक, प्रहरी तथा विद्यार्थी हरुलाई मुल्यांकन गरि उच्च कार्य प्रवाह गरे बापत प्रशंसा पत्र दिएर सम्मान गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताएका छन् । 


मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा सञ्चालन भएको गाउँ सभामा रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर विक,को प्रमुख अतिथिमा उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्टराई, इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक रेशम प्रसाद अचार्य, एक देखि सात सम्माका वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य  र विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। भने कार्यक्रम संचालन हरिश्चन्द्र बरईले गरेका थिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै