मर्चवारमा बिउको प्राथमिक प्रसोधन उद्योग संचालन

हृदयराम गुप्ता 121+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

हृदयराम गुप्ता 

मर्चवार ९ मंसिर। रुपन्देहीको मर्चवार क्षेत्रमा बिउको भण्डारण तथा प्राथमिक प्रसोधन उद्योग संचालन भएको छ । कोटहीमाई–४ तुनिहवामा निर्मित बिउको भण्डारण तथा प्राथमिक प्रसोधन उद्योगको शनीबार एक कार्यक्रमका बिच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदूराम भुषालले उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफू किसानको छोरा भएको भन्दै किसानको समस्या सित अवगत रहेर किसानका लागि काम गरिरहेको बताउनु भयो ।

“देशको आर्थिक मेरुदण्ड नै कृषि हो, कृषि हाम्रो जीवनसँग जोडिएको छ” मंत्री भूषालले भन्नुभयो, “कृषि सबैका लागि प्राथमिकताको बिषय भएकोले अहिलेको सरकार कृषि उत्पादनमा बृद्धि गर्न चाहन्छ ।”

उहाँले कुनै पनि संरचना निर्माण गर्नु भन्दा त्यसको नियमित र ब्यवहारिक संचालन हुनु महत्वपूर्ण पाटो भएको भन्दै त्यस तर्फ ध्यान दिन आग्रहगर्दै कृषिबाट उन्नति गर्न औजारीकरण आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकारले यो वर्ष चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल बिदेशबाट आयात गरेको बताउदै उहाँले भन्नुभयो, “जुन प्रदेशबाट जुन हिसाबले माग भएको थियो, त्यही हिसाबले पठाइएको छ ।” अपुग मलः माग गर्न उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्बमंत्री तथा रुपन्देही क्षेत्र नं. ४ ‘ख’ का प्रदेश सभा सदस्य वसीउद्दीन खाँनले कृषि र सिंचाई एक अर्काको लागि परिपूरक रहेपनि संघीय सरकारले यो वर्ष मर्चवारमा सिंचाईका लागि बजेट नछुट्याएकोले ब्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “मर्चवारको निर्माणाधीन मुख्य फोरलेन सडक २०७७ सालमा टेण्डर भएपनि बाटोको मध्यभागमा रहेका एक सय ७७ वटा साना ठूला रुखका कारण अहिले सम्म निर्माण कार्य अवरुद्ध रहेको छ ।” मर्चवार बिकासका लागि बाधक ती रुखहरु कटानका लागि तत्काल पहल गरिदिन उहाँले मंत्री भूषाललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, प्रधानमंत्री गहँुजोन समन्वय समितिका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी लगायतले रुपन्देही जिल्लामा जग्गा प्लाटिगं नभएको एक मात्र क्षेत्र मर्चवार पूर्ण रुपले कृषिमा आधारित क्षेत्र भएकोले सरकारले कृषिमा उचित बजेट बिनियोजनगरि बिकास गर्नुपर्ने बताउनुभयो । 

प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना अन्गरर्गत विभिन्न निकायको साझेदारीमा ९२ लाख ९ सय १५ रुपैयाको लागत उक्त प्रशोधन उद्योग संचालनमा आएको हो । प्रधानमन्त्री कृषि आधुनिकारीकरण परियोजना कार्यन्वयन ईकाइ रुपन्देहीको ५५ लाख, कोटहीमाई गाउँपालिकाद्वारा ५ लाख श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको ३२ लाख ९ सय १५ रुपैयाका लागत उक्त उद्योगको निर्माण कार्य सम्पन्न भएको हो । 

उद्घाटन समारोह नवदूर्गा स्वावलम्बन बहुद्देशिय सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद कुर्मीको अध्यक्षता तथा ब्यवस्थापक जितेन्द्र यादवको संचालनमा संपन्न भएको थियो । 

प्रतिक्रिया

राम मिलन तिवारी ९ मंगशिर २०८०, शनिबार

कार्यक्रम संचालन को लागि बधाई। सफलता को शुभकामना।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार