मर्चवार १९ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा बेवारिसे शव फेला परेको छ । मायादेवी गाउँपालिका वडा नं. ५ लुकठहवा क्षेत्रको तिनाउ नदीमा तैरिरहेको अवस्थामा शाव फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिरिले बताए ।
तत्काल परिचय खुल्न नसकेको करीब ३५ वर्षको उमेर भएको थारु समुदायको अनुहार देखिने जस्तो हुलिया भएको पुरुषको शव बुधबार दिउँसो फेला परेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।
फेला परेको उक्त शवलाई पोष्टमार्टमको लागि भिम अस्पतालमा भैरहवा पठाइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।