पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवामा

मर्चवार न्यूज 367+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

भैरहवा, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मंगलबार रुपन्देहीको भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् । बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उनी भैरहवा पुगेका हुन् ।

भैरहवामा पार्टी सभापति लामिछानेले नेता कार्यकर्तासँग भेटघाट गर्नुभएको पार्टीका युवा नेता जीत बहादुर गुप्ता (शेखरं ले बताए । रास्वपा सिद्धार्थनगरका निवर्तमान सभापति सुमन न्यौपानेका अनुसार भैरहवाको देवकोटाचोकस्थित मेरिगोल्ड होटलमा उनी बास बस्नेछन् ।

रास्वपा स्रोतका अनुसार बुधबार (भोली) लामिछाने रुपन्देही जिल्ला अदालत हाजिर हुनेछन् ।

लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै