मर्चवार १५ पुस । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचन माघ ३ गते देखि सुरु हुनेभएको छ । मंगलबार संस्थाको कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले ब्लाकको निर्वाचन मिति निर्णय गरेको हो ।
कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका अध्यक्ष, जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख, जलउपभोक्ता समितिका तदर्थ समिति, कर्मचारी तथा स्थानीय किसानहरुको उपस्थितिमा भएको बैठकले पहिलो चारणमा सम्पूर्ण ब्लाकहरुको निर्वाचन गर्ने निर्णय गरेको हो ।
रामनगर प्राइमरीमा १५, लोवर माइनर सेकेन्ड्रमा १४, हार्दी नहरमा २५, आपर नहरमा १०, रामनगर सेकन्ड्रीमा १७, महदेइमा १६, सेमरामा १५, नगौलियाँमा १२ र लोवर सेकेन्ड्री नहरमा ११ गरी १३५ ब्लाकमा निर्वाचन हुने तदर्थ समितिका अध्यक्ष विवेक साहले बताए । आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्त सम्म सिँचाई शुल्क बुझाएका किसानहरुलाई मात्र निर्वाचनमा सहभागी गराउने अध्यक्ष साहले जानकारी दिएका छन् ।
पहिलो चारणमा ब्लाक, दोस्रो चरणमा मुल समिति र तेस्रो चरणमा नहर प्रणालीको निर्वाचन हुने उनले जानकारी दिएका छन् ।