जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

Marchuwar News 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

डोटी । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् ।

पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जीप दुर्घटनामा परी ज्यान गुमाउनेमा पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ डोटीका २९ वर्षीय खेम बोहरा र ४५ वर्षका पुरन बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीले बताउनु भयो ।

यस्तै, घाइते हुनेमा पूर्वीचौकी गाउँपालिकाका योशोदा बोहरा, मोहन बोहरा, कमरसिंह बोहरा, टंक बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशी रहको प्रहरीले जनाएको छ ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार