राष्ट्रपति रनिङ्ग सिल्डको तयारीमा जुटयो कोटहीमाई

मर्चवार न्यूज 367+ समाचार ( )
१६ मंगशिर २०८२, सोमबार

मर्चवार । कोटहीमाई गाउँपलिकाले राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सम्पन्न गर्न पुर्व तयारीमा जुटेको छ । प्रतियोगितामा हुने विभिन्न खेलहरुको तयारीको लागि विद्यालयमा जानकारी सहित आवश्यक खेलकुद सामाग्री समेत वितरण गरिएको कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशसाकीय अधिकृत अजय मिश्रले जानकारी दिनुभएको छ । 

प्रतियोगिता सुरु हुनु पुर्व नै विद्यार्थीहरु बिच खेलाडीहरुको छनौट गर्न, विभिन्न खेलबारे प्रशिक्षण गर्न विषयवस्तुको जानकारी दिन समेत विद्यालयहरुको भ्रमण सुरु भएको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताउनुभएको छ । 

यसै क्रममा विद्यालयमा शैक्षिक स्तर समेत उठाउन विद्यालयहरुको स्थिती अवस्थाबारे समेत अध्ययन सुरु गरिएको उहँले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो ‘कोटहीमाई गाउँपालिका सभ्य, शिक्षित र सुन्दर पालिका बनाउन यहाँका पालिकावासीहरुले देखेको पुरा गर्न सबैको हाथेमालो अनिवार्य देखिएको छ । शैक्षिक स्तर उठाउन म लागिपरेको छु तर अभिभावक, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा समाजसेवीहरु समेत सकारात्मक हुन जरुरी छ ।’

विद्यालय आउने विद्यार्थीहरुको पोशाक, शैक्षिक सामाग्री सहित ब्यवस्थित रुपले पठाउन अभिभावकहरुलाई प्रशासकीय अधिकृत मिश्रले आग्रह गर्नुभएको छ ।रेका छन् । विद्यालयको स्थिती अवस्थालाई अध्ययनको क्रममा प्रशासकीय अधिकृत मिश्रले विद्यार्थीहरुलाई उपलब्धिमुलक शिक्षा दिन निर्देशन दिएका छन् । तल्लो काक्षा विद्यार्थीहरुले राम्रो बोल्न र पढन सक्ने योग्य बनाउन आग्रह गरे । उहाँले भन्नुभयो  ‘किताबको पाना सिध्याउनु भन्दा विद्यार्थीहरुलाई राम्ररी बुझाउने र योग्य बनाउने तर्फ लाग्नु प¥यो । जति पाठ पढाइएको हुन्छा हामीले त्यती नै परीक्षा लिउँ तर बुझाएर मात्र पठानपाठन गरौँ ।’

समाजसेवी तथा अभिभावहरुले समेत नियमित विद्यालयको अनुगमन गरी सुधार गर्नुपर्ने आवश्यक सुझाव सल्लाह दिन प्रमुख प्रशासकीय अधिकृत मिश्रले आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार