सिद्धार्थनगर–९ वडा कप शुक्रबार देखि

हृदयराम गुप्ता 121+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

मर्चवार न्युज

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ को आयोजनामा प्रथम वडा कप क्रिकेट कप प्रतियोगिता शुक्रबार र शनिबार सञ्चालन हुदैछ । वडा नम्बर ९ गोनहियामा रहेको रेडक्रसको खाली जग्गामा हुने प्रतियोगितामा ४ वटा टिमले प्रतियोगिता गर्दैछन् । 

वडा सचिव अब्दुल रसिद पठानका अनुसार प्रतियोगितामा गोलीगढ क्रिकेट क्लब, कठौतिया क्रिकेट क्लब, उदयपूर क्रिकेट क्लब र मिश्रौलिया क्रिकेट क्लबले टिम दर्ता गराएका छन् । उनले टिम दर्ताको लागि अझै समय रहेको हुदा वडा नम्बर ९ मा बसोबास गर्ने युवाहरुद्वारा टिम दर्ता गर्न आग्ह गरेका छन् । 

वडा नम्बर ९ मा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित वडा कपको आयोजना गरिएको वडा अध्यक्ष शेषकान्त भण्डारीले जानकारी दिए । “वडा नम्बर ९ मा क्रिकेट खेलाडीको सम्भावना बोकेका धेरै युवाहरु छन् ।” भण्डारीले भने “प्रतियोगिताले यस्ता खेलाडीलाई नगर जिल्ला हुदै राष्ट्रलाई नै प्रतिनिधित्व गरुन भन्ने हाम्रो उद्देश्य हो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार