मन्त्री पाण्डेयले भने–पर्यटनकै माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजान सक्छौं

महेश गुप्ता 92+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

भैरहवा, ९ चैत । लुम्बिनीप्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटनकै माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजाने सकिने बताएका छन् । उनले नेपाल पर्यटनका लागि बनेको राष्ट्र भएको बताए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहियामा सार्वजनिकशौचालयतथा वाटर ए.टी.एम.को शिलान्यास गर्दै मन्त्री पाण्डेयले उक्त कुरा बताएकाहुन् । उनले भने, ‘अन्य राष्ट्र उद्योग–व्यवसायको माध्यमबाट आम्दानी बढाउने र आर्थिक रुपमा सम्पन्नभएकाहोलान् । तर, नेपाल पर्यटनका लागि बनेको मुलुकहो ।’ भारत र तेस्रो मुलुकहरुमा धेरै कुरा व्यवस्थित रहेको र नेपालका सीमानाकालाई थपव्यवस्थितबनाउँदै लैजानुपर्ने उनले बताए ।

लुम्बिनीप्रदेश सरकारका प्रवक्ता समेत रहेको मन्त्री पाण्डेयले सीमानाका बेलहियामानिर्माण हुने शौचालय र वाटर ए.टी.एम.ले पर्यटकलाई सहजताप्रदान गर्ने र राम्रो सन्देश जाने विश्वास व्यक्त गरे । उनले बेलहियासँगै बढी भिडभाड हुने जिल्लाप्रशासनकार्यालय रुपन्देही र मालपोत कार्यालयमा वाटर ए.टी.एम. स्थापनाहुने जानकारी दिए । विकास निरन्तर चल्ने प्रक्रिया रहेको र एकै दिनमा सबै कुरा गर्न सकिन्छ भनेर सोचे त्यो निरर्थक हुने मन्त्री पाण्डेयको भनाइ छ ।

उनले भने, ‘विकास गर्दै र व्यवस्थितगर्दै अघि बढ्नुपर्छ । जतिविद्वान र धनीभएपनिमतदाताको मत बिना राजनीतिक्षेत्रमा स्थापितहुन सकिदैन । हामीयहाँसम्मपुग्नुमायहाँहरुको लगानी छ । शेयर छ । ’

बेलहियामा सडक निर्माण कार्यलाई फास्ट ट्रयाकमा सम्पन्न गर्नआवश्यकनिर्देशनदिइएको उनले बताए । जनताआफूहरुसँग सहजपहुँचमा रहेको र जनताको समस्या समाधान गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उनले बताए । समाजलाई व्यवस्थित र विकसित गर्न लागिपरेको मन्त्री पाण्डेयले बताए । उनले भने, ‘निश्चित रुपमा परिवर्तन देखिने गरी काम गर्छौं ।’

प्रहरी, प्रशासन र सरकारी निकायले मात्र पर्यटकलाई सहजताप्रदान गर्न नसक्ने भएकाले अतिथि देव भव नारालाई व्यवहारमै कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाकाप्रमुखइश्तियाकअहमदखानले बेलहिया धेरै पर्यटक भित्र्याउने नाका रहेको बताए । उनले सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने बताए । उनले भने, ‘सिद्धार्थनगरलाई क्लीन, ग्रीन एण्ड इको–फ्रेण्डिली नगर बनाउँछौं । नगरप्रमुखखानले बेलहियामा सडक निर्माण कार्यले छिटो पूर्णतापाउने बताए । ’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवलपोखरेलले सुविधासम्पन्न र अत्याधुनिकशौचालयको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्री पाण्डेयको पहलमानिर्माण हुनलाग्दाखुसीलागेको बताए । उनले भने, ‘गृहमन्त्रीज्यूको पहलमायसअघि पनिमुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत सिद्धार्थनगर–१ मा ११ वटा घर विपन्नवर्गका लागिनिर्माण भएको थियो । वडा नम्बर १ का जनताकोतर्फबाट माननीयज्यूलाई धन्यवाददिन चाहन्छौं । ’

उनले सीमानाकामा चेकजाँच प्रणालीलाई व्यवस्थितगर्दै एकद्वार प्रणाली अवलम्ब गर्नुपर्ने माग गरे । ‘चेकजाँचकानाममा स्थानीयबासीलाई हैरानीदिने कामबन्द गर्नुपर्छ । शंकालागेको अवस्थामा चेकजाँच गरौं । तर, ठाउँठाउँमा चेकजाँच गरिदा नागरिकलाई हैरानीभएको छ, ’उनले भने ।

खानेपानीतथा सरसफाई डिभिजन कार्यालय, रुपन्देहीकाइञ्जिनियर सुनिलयादवले शौचालयतथा वाटर ए.टी.एम. निर्माणका लागि ४० लाख बजेट बिनियोजन भएको बताए । उनले मुख्यनाकाबेलहियामा धेरै पर्यटकहरु आउने गरेको र यसले पर्यटकलाई सहजबनाउने बताए । उनले भने, ‘बाटोघाटो मात्रबनाएर हुँदैन । ठाउँठाउँमा सार्वजनिकशौचालयको आवश्यकता छ ।’ 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, वडा सदस्यनिलु श्रीस, समाजसेवी सुमन शर्मा, श्रीचन्दगुप्ता, पशुपति प्रसाद कान्दु, रामबहादुर बस्नेत, गोविन्दयादवलगायतले बोलेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार