गाउँपालिका अध्यक्ष चौधरी माथि गोली प्रहार

मर्चवार न्यूज 367+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

गाउँपालिका अध्यक्षले आफु माथि गोली प्रहार गरिएको खबर गरे लगत्तै प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए । अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ ।

राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी प्रहरीलाई आएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताए । घटना बारे प्रहरीले सूक्ष्म ढंगबाट अनुसन्धान शुरू गरि सकेको उनले बताए ।

घटनास्थलबाट एक थान गोलिको खोका र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार