मर्चवार १७ कार्तिक । अर्चिड एजुकेशन प्राइबेट लिमिटेडको नयाँ शाखा शुभारम्भ भएको छ । शानीबार एक कार्यक्रमका बिच कोटहीमाई ५ मझगावाँमा नयाँँ शाखाको शुभरम्भ भएको हो ।
शाखाको उद्घाटन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले शिक्षा क्षेत्रलाई बलियो बनााउन निजि शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान रहेको बताए । आजको आवश्यकता प्राविधिक शिक्षाको रहेको बताउदै उनले कोटहीमाई गाउँपालिका भित्र प्राविधिक शिक्षालय शुभारम्भ गर्ने प्रर्यासरत रहेको बताए । निजि शैक्षिक संस्थासंगै सरकारको तहबाट पनि प्राविधिक शिक्षा प्रदान गर्ने ब्यवस्थापनमा लागेका अध्यक्ष त्रिपाठीले बताए । समाजको सम्पूर्ण समस्या निवारण गर्न शिक्षाको विकासबाट मात्र सम्भव रहेको उनले तर्क गर्दै सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा शिक्षा तर्फ चासो दिन आग्रह गरे ।
संस्थाका संस्थापक शुखसागर हरिजनले संस्थाको मर्चवारी ५ ओडवलियामा रहेको केन्द्रीय कार्यालयबाट दिइएको गुणस्तरीय सेवा पछि मझगावाँमा पहिलो शाखाको रुपमा संचालन गरिएको बताए । उक्त शाखाबाट लोक सेवाका तयारी कक्षा, बृज कोर्ष, शिक्षक सेवा आयोगको तयारी कक्षा, नर्सिङ, एचए, आहेवा लगायत अन्य तयारी कक्षा समेत संचालन गर्ने उनले बताए ।
शाखा शुभारम्भ कार्यक्रममा कोटहीमाई ७ का वडाध्यक्ष पवन कुमार यादव, मर्चवार निजि विद्यालय संघ रुपन्देहीका पुर्व अध्यक्ष गंगाराम गुप्ता, श्री ठर्की माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम यादव, शिक्षक रामसरन यादव, बिजय शंकर त्रिपाठी लगायत विभिन्न ब्यक्तिहरुले मनतब्य राखेका थिए ।