मर्चवार । श्री मर्यादपुर माध्यमिक विद्यालय कोटहीमाई ३ को विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा प्रदीप कुमार कहाँर नेतृत्वको पैनल बिजयी भएको छ । आज शानीबार भएको निर्वाचनमा कहाँरले २ सय ८७ मत ल्यायी बिजयी भएका निर्वाचन अधिकृत अमृता बुढाथोकीले जानकारी दिएकी छन् ।

यसैगरी उनकै प्यानलका सदस्यमा बिनोद अहिर यादवले २ सय ८० मत, महिला सदस्य चन्दा हरिजन चमारले २ सय ७४ मत र बिन्द्रावती कुर्मीले २ सय ७७ मत ल्यायी बिजयी भएकी निर्वाचन अधिकृत बुढाथोकीले जानकारी दिएकी छन् ।
उनको निकटतम योगेन्द्र गुप्ताले २ सय ६ मत, उमेश मौर्य २ सय १ मत, शिला पासी २ सय ९ मत र राबिया खातुनले २ सय ४ मत ल्याकी निर्वाचन अधिकृत बुढाथोकीले जानकारी दिएकी छन् ।
५ सय ४९ मतदाता रहेको उक्त विद्यालयमा भएको निर्वाचनमा ५ सय १५ मत खसेको उनले जानकारी दिएकी छन् ।
धेरै धेरै धन्यवाद एवम् विद्यालयलाई सहि ढङ्गले अझै शिक्षाको गुणस्तरमा सुधार ल्याई अगाडि बढाउँदै जाने, धन्यवाद।