मर्चवार । श्री महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २५औँ वर्षिक साधारण सभा सम्पन्न भएको छ । विहिबार संस्थाको प्रांगाण सम्मरीमाई ७ हर्दीमा एक कार्यक्रमका बिच उक्त सभा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक वर्षमा २०८०÷०८१ मा १ लाख १३ हजार ५०३ रुपैया नाफा गरेको संस्थाका अध्यक्ष अर्जुन प्रसाद मुरावले बताए । ३ सय ९९ जना शेयर सदस्य रहेको उक्त संस्थाले ४३ लाख ३ हजार ६४९ रुपैया शेयरधनी पुँजी कयम गरको अध्यक्ष मुरावले बताए । संस्थाले विभिन्न सेवा तथा शेयर पुँजीबाट कारोबार गरी ३ करोड ६१ लाख ६१ हजार ४१२ रुपैया पुँजी बनाउन सफल भएको अध्यक्ष मौर्यले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले विवाद रहित रहेर सहकारीले २५ वर्ष पुरा गरेको उत्कृष्ट कार्य गरेको बताए । मर्चवार क्षेत्रमा क्षेत्रमा सहकारीले दिएको सेवा उत्कृष्ट रहेको बताउदै सहकारीले दिने सेवामा प्रदेश सरकारले पुर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताए । देशको विभिन्न सहकारीले विवाद सिर्जना गरिरहदा मर्चवारमा खासै विवाद नरहेको खुसी ब्यक्त गर्दै सहकारी र शेयर सदस्य विच साकारात्मक सम्बन्ध रहनुपर्नेमा उनले जोड दिए ।
यसैगरी आफुले निर्वाचन भएपछि आफ्नो क्षेत्रको पुर्ण रूपले जिम्मेदारीका साथ काम गर्दै आएको बताए । मर्चवार क्षेत्रको समस्या निवारण गर्न सदनमा सब भन्दा बढी अवाज उठाएको प्रदेश सभा सदस्य बनियाले बताए । बेतकुइया घाटमा सवदाह स्थल बनाउन २५ लाख बजेट बीनियोजन गरेको बताए । प्रदेश सभा सदस्य बनियाले मर्चवारको रिंग रोड बनाउन निरन्तरता दिएको जानकारी गराएका थिए । विकासमा अवरोध गर्ने विद्युतको समस्यालाई न्युन गर्न करीब २ सय ट्रन्सफार परिवर्तन सहित तारपोल ब्यवस्थापनमा काम गरिरहेको प्रदेश सभा सदस्य बनियाले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंहले सहकारीद्वारा उपलब्ध गराइने मृतक राहत कोष समय मै उपलब्ध गराउन सहकारीलाई निर्देशन दिएकी थिइन । सहकारीबाट उत्पन्न भएको समस्या सहकारी भित्र बैठक बसी निवारण गर्ने उनले आग्रह गरिन । मल ल्याउन गाउँपालिका कहिकतै ढिला सुस्ती नगरेको बताउदै मल ब्यबस्थापनमा गाउँपालिकाले ढिला सुस्ती गरेको आरोप गलत हो यस्ता गलत कुरा समाजमा नफैलाउन उनले आग्रह गरिन ।
सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले किसानको लागि आएको मल सहज र सुलभ तरिका उपलब्ध गराउन उनले आग्रह गरे । सहकारीको वार्षिक साधारण सभा साउन महिना मै सम्पन्न गरी अवश्यक कागजी प्रकृया पुरा गरी मल माग गर्न उनले सुझाव दिएका थिए । सहकारी सबैको लागि काम गर्ने बताउदै सहकारीमा शेयर लगानी बढाउन सबैमा आग्रह गरेका थिए ।
सम्मरीमाई गाउँपालिका सहकारी शाखा प्रमुख महेन्द्र हरिजनले सहकारीबाट ऋण लिएर भाखा नघाई ऋण र ब्याज नदिएकाहरू समय मै ऋण चुक्ता गर्न उनले आग्रह गरे । समयमा ऋण नदिए सहकारी धरापमा पर्ने अवस्था हुने उनले बताए । सहकारी संस्थामा भएको कमी कम्जोरी पनि सुधार्न उनले सुझाव दिएका थिए । मलखाद्य ल्याउने बेलामा आवश्यक कागजी प्रकृया समयमा पुरा नहुदा मलखाद्य अपुर्ति गर्न ढिलाइ हुने भएको बताउदै कागजी प्रकृया समय मै पुरा गर्न उनले सहकारी संस्थालाई अनुरोध गरेका थिए ।
संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट आय आर्जन समितिलाई पुरस्कृत गरेको थियो ।