मर्चवार ५ असोज । मर्चवार र लुम्बिनी क्षेत्र जोडनका लागि पक्की पुल निर्माण हुने भएको छ । सम्मरीमाई गाउँपालिका वडा नं. ५ र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ लाई जोडने तिनाउ नदीको चक्किया घाटमा पक्की पुल निर्माण हुने भएको हो ।
लुम्बिनी प्रदेश सरकारले करीब ४० करोडको लागतमा निर्माण गर्न गइरहेको पक्की पुलको लागि प्रदेश सभा सदस्य कन्हैया बनिया र स्थानीय जनप्रतिनिहरु स्थलगत निरीक्षण गरेका हुन् । पुल निर्माणपछि फराकिलो बाटो लगायत पुललाई आवश्यक सहायक संरचना निर्माणबारे स्थानीयहरुको सहमतिका लागि छलफल गरिएको प्रदेश सभा सदस्य कन्हैया बनियाले बताए । उनले भने ‘बहुवर्षीय योजनाको पुल निर्माणका लागि यस वर्ष २ करोड बजेट बिनियोजन गरिएको छ । केही दिन भित्र यस योजनाको ठेक्का हुनेछ । यसै आर्थिक वर्षमा उक्त पुलको निर्माण कार्य अगाडी बढाइने छ । मेरो निर्वाचन क्षेत्रको गौरवको योजनाको रुपमा उक्त पुल निर्माण गर्न प्रक्रिया अगाडी बढाइएको छ ।’ मर्चवार र लुम्बिनी क्षेत्रलाई जोडने उक्त पुल निर्माण गारउन आफ्नो चुनावी वाचा रहेको प्रदेश सभा सदस्य बनियाले बताए ।
चक्कीयामा पक्की पुल निर्माणले मर्चवार र लुम्बिनी क्षेत्र एउटै क्षेत्रमा चिनिने लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं १२ का वडाध्यक्ष हरिकेश लोधले बताए । उनले भने ‘लुम्बिनी क्षेत्रको ३ वडा र मर्चवार क्षेत्रको २ पालिका प्रदेश निर्वाचन क्षेत्र एउटै भए पनि तिनाउ नदीले बिभाजन गरेको अनुभुति भइरहेको थियो तर यो पुल निर्माण पछि लुम्बिनीको पर्यटक मर्चवार क्षेत्रमा आउने र मर्चवार क्षेत्रको कृषि उत्पादन लुम्बिनी क्षेत्रमा सहज रुपले पुग्ने छ ।’
सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष श्रवण कुमार यादवले पुल निर्माण पछि २५ किलोमिटरको लामो दुरीको बाध्यातमक यात्रा अन्त्य हुने बताए । सम्मरीमाई गाउँपालिकावासीहरुले सावारी साधान लिएर कोटहीमाई ५ दुईमोहान भएर जाने बाध्यता रहेको थियो तर पुल निर्माण पछि १० मिनट मै लुम्बिनी क्षेत्रमा प्रवेश गरी सहज रुपले आफ्नो गनतब्यमा पुग्ने बताए ।
यौ पुल आजमा र थुम्वामा जोड़ेंको भए अझै सुखाउँदा र नेक काम हुन्थ्यो, त्यहक पुल सञ्चालन खासै छैन, किन चककियको भन्दा आजमा घाट फेमस मात्र होइन, मान्छे को आवतजात निकै मात्रमा देखना सकिन्छ
धेरै राम्रो काम भैराहेको छह। धनेयाबाद कनहिया बनिया जी।