दुईमोहानमा मुर्ती विसर्जन गर्न सुरक्षा ब्यवस्था कडा

हृदयराम गुप्ता 121+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

मर्चवार न्युज
मर्चवार २८ कार्तिक / रूपन्देहीको मर्चवारमा मुर्ती विसर्जनको लागि सुरक्षा ब्यवस्था कडा पारिएको छ। कोटहीमाई ५  तिनाउ र दानव नदीको संगम स्थल दुईमोहानमा मुर्ती बिसर्जन, जल भर्ने लगायत विभिन्न धार्मिक कार्यको गतिविधिमा हुने विभिन्न घटनाबाट जोगिन सुरक्षा ब्यवस्था कडा पारिएको ईलाका प्रहरी कार्यालय मझगावाका प्रहरी नरीक्षक हिमनाथ घिमिरेले बताए।
प्रहरी निरीक्षक घिमिरेले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय लुम्बिनी, सशस्त्र प्रहरी बल मझगावा, सशस्त्र प्रहरी बल दुईमोहानबाट समेत सुरक्षाकर्मी खटाइएका छन्। उक्त घाटमा करीब ६० मुर्ती बिसर्जन हुने अनुमान गरिएको र दिउँसो १:०० सम्मा १० मुर्ती बिसर्जन भइसकेको उनले बताए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट थप जनशक्ति ब्यवस्थापन गरी मुर्ती विसर्जन स्थलमा तयारी अवस्थामा राखिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन्।
मुर्ती विसर्जन स्थललाई पूर्णरूपले सुरक्षित र ब्यवस्थित बनाइएको कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनीले जानकारी दिएका छन्। मुर्ती बिसर्जन स्थलमा घेरा लगाई, दुर्घटना सम्भावित क्षेत्रमा प्रवेश निषेध गरी मुर्ती बिसर्जनको लागि ५ वटा लाइफ ज्याकेटको ब्यवस्था गरिएको वडध्यक्ष सैनीले बताए। विसर्जनका लागि आएका मुर्तीहरू विसर्जन स्थलमा प्रवेश गर्ने ब्यक्तिले अनिवार्य लाइफ ज्याकेट लगाउन प्रबन्ध गरिएको उनले बताए। यस अघि तिहार छठ् तथा मुर्ती बिसर्जनमा हुने विभिन्न घटनाबाट सच्न विभिन्न कुराबारे सचेतनामुलक अडियो टोलटोलमा प्रचार प्रसार समेत गरिएको वडध्यक्ष सैनीले जानकारी दिएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार