कोटहीमाईले चलायो डोजर

महेश गुप्ता 92+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

मर्चवार ६ फागुन/सार्बजनिक रुपले आवतजावत गर्ने बाटोलाई कब्जा गरेको ठाउँमा कोटहीमाई गाउँपालिकाले डोजर चलाई खाली गराएको छ । कोटहीमाई गाउँपालिका वडा नं. ३ नैडिहवामा सार्बजनिक रुपले प्रयोग गरिएको सडकलाई अतिक्रमण गरी बाटो बन्द गरिएको भन्दै अदालतमा परेको मुद्दा सदर गरी जिल्ला अदालत रुपन्देहीले दिएको फैसला अनुसार जग्गा खाली गराइएको कोटहीमाई गाउँपालिका अध्यक्षबालकृष्ण त्रिपाठीले बताए । 

नौडिहवाका बादी (निवेदक) सीताराम कुर्मीले गाउँको मुख्य सडकबाट आफ्नो घर तिर जाने सडक सोही टोलका प्रहलाद अहिरले कब्जा गरेको र उक्त सडक सार्बजनिक रुपले प्रयोग गर्न पाउने भनी जिल्ला अदालत रुपन्देहीमा मुद्दा गरेपछि २०८० जेठ २४ गते जिल्ला अदालतले सिताराम कुर्मीको पक्षमा फैसाल सुनाएको थियो । फैसला पछि पनि अतिक्रमण गरिएको उक्त सडक सार्बजनिक रुपले प्रयोगमा नआएपछि सार्बजनिक रुपले भोग चलन गरी भनी पुनः जिल्ला अदालत रुपन्दहीमा मुद्दा गरेपछि २०८० पुस २० गते उक्त ठाउँमा रहेको घर टहरा हटाउन जिल्ला अदालतले फैसाला सुनाएको थियो । अदालते गरेको फैसलालाई कर्यन्वयन गराउन त्यहाँको चलानी नं. १२१०२ बाट कोटहीमाई गाउँपालिका र ईलाका प्रहरी कार्यालयलाई निर्देशन दिएपछि सोही फैसला कार्यन्वयन गर्न सडकमा परेको घर टहरा हटाइएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । यसपछि गाउँपालिका भित्र अन्य ठाउँमा पनि सर्बजनिक जग्गालाई गरिएको अतिक्रमण हटाउने तयारी बनाएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । सार्बजनिक जग्गा सबैको लागि भएकोले सबैले सार्बजनिक रुपले नै प्रयोग गर्न पाउने भनीे अतिक्रमण गरेका सबैले उक्त जग्गाहरुलाई समयमै छोडन उनले आग्रह गरेका छन् ।

अदालतले पठाएको निर्णयलाई अवहेलना गरी अतिक्रमण गरिएको बाटो खाली गराई सबैको हितकालागि काम गरिएको कोटहीमाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु नरायण पाण्डेयले बताए । आफ्नो वडा भित्र सार्बजनिक जग्गा अतिक्रमण गर्ने प्रति कडा रुपले उत्रिने वडाध्यक्ष पाण्डेयले जानकारी दिएका छन् । वडाध्यक्ष पाण्डेयले भने ‘सार्बजनिक जग्गा अतिक्रमणले समाजमा द्वान्द सिर्जना गर्दछ हरेक टोल बस्तीको सडकलाई हिलोमुक्त र सहज बनाउनु छ त्यसैले अतिक्रमण हैन संरक्षण गरौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार