जसपा नेपाल कोटहीमाई–७ को अध्यक्षमा विरेन्द्र

मर्चवार न्यूज 367+ समाचार ( )
१७ पौष २०८१, बुधवार

भैरहवा, १७ पुस । जनता समाजवादी पार्टी (जसपा), नेपालको जनतासँग जसपा नेपाल संगठन निर्माण अभियान अन्तर्गत कोटहीमाई गाउँपालिका वडा नम्बर ७ को समिति बैठक पुर्ननिर्माण भेला सम्पन्न भएको छ । 

मंगलबार भएको भेलाले विरेन्द्र यादवको अध्यक्षतामा वडा समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा खलिलउल्लाह जोलहा, निबर यादव,  बिन्द्रावती पासी, सचिवमा अकरम खाँ, सह–सचिवमा शोभावती चमार र कोषाध्यक्षमा दुःखी चाई रहेका छन् ।  त्यस्तै सदस्यहरुमा दिपक यादव, रोहित यादव, मोदिन जोलहा, धुरुप लोहार, राम किसुन यादव, आजोर सहानी र सिपाही कुर्मी रहेका छन् ।


वडा समितिका सदस्य खलिलउल्लाह जोलहाको अध्यक्षता, जसपा नेपाल लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादवको प्रमुख आतिथ्यता, पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवको विशिष्ट आतिथ्यता, क्षेत्र नम्बर ४ का अध्यक्ष घनश्याम यादव, विनोद यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव, समाजवादी किसान महासंघ लुम्बिनी प्रदेश मुख्य सचिव जावेद आलम, समाजवादी विद्यार्थी युनियन नेपाल रुपन्देहीका अध्यक्ष विरेन्द्र कुमार यादवको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार